५ कार्तिक २०८१, सोमबार

युनिकोड

ई-पेपर

EN

शेर्पाका कथा वाचक धेरै पछि फेरि

रोशन भट्ट

१० भाद्र २०८१, सोमबार

हिमाली शेर्पाहरूको बारेमा संसारभरि थुप्रैले पुस्तक लेखेका छन् । तर यतिबेला दुई नेपाली तन्नेरीले अंग्रेजीमा लेखेको एउटा पुस्तकले तहल्का पिटिरहेको छ । त्यो पुस्तकको नाम हो– शेर्पा । लेखक हुन्, प्रदीप बस्याल (३३) र अंकितबाबु अधिकारी (३४) ।

ram bd. basnet

सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणमा आरोहीको सहयोगी काम गरेर जीविका चलाउने शेर्पा समुदायका व्यक्तिको जीवनकथा समेटिएको यो पुस्तकका कारण उनीहरू विश्वभर चिनिएका छन् । उनीहरूले पुस्तक लेख्दा जुन ठाउँ पुगे र जस्ता पात्रहरूको कथा छाने, त्यसैले उनीहरूलाई अरू लेखकभन्दा विशेष बनाइदियो । बेलायतको प्रख्यात प्रकाशन गृह ह्याचेटबाट प्रकाशित यो पुस्तक बेलायत, अष्ट्रेलिया, भारत, नेपाल सहितका देशमा धेरै बिक्री भएको छ । बेलायतमा मात्र ५० हजार प्रति बिक्री भएको जानकारी प्रकाशकले लेखकलाई गराएका छन् । अनलाइन पसल अमेजनको माउन्टेनियरिङ क्याटेगोरीमा यो पुस्तक धेरै पटक बेस्ट सेलर बनेको छ ।

पर्वतारोहण क्षेत्रको बुकर पुरस्कार भनिने ब्रोडमन टास्कर अवार्ड फर माउन्टेनियरिङ लिटरेचरमा यो पुस्तक शीर्ष ५ को सूचीमा पनि पर्‍यो । यो पुस्तक अंग्रेजीपछि इटालियन र चेक भाषामा प्रकाशन भइसकेको छ भने यसै वर्ष नेपालीमा पनि प्रकाशित हुँदैछ ।

रूपन्देही मणिग्रामका प्रदीप र काठमाडौं बुद्धनगरका अंकित आफूहरूलाई कथावाचक (स्टोरी टेलर) भन्न रुचाउँछन् । शेर्पाको कथा उनीहरूकै तर्फबाट लेख्ने प्रयास गरेको लेखकद्वयको भनाइ छ । ‘हामी प्रदीप वा अंकित पुस्तकमा कतै छैनौं, हामी विशुद्ध कसैको कथा भनिरहेका छौं, उनीहरू जस्तो जीवन बाँचेका छन्, त्यसको चित्र उतारेका छौं’, अंकित भन्छन् ।

© 2024 All rights reserved.

Designed and Developed by:

Roshan