५ कार्तिक २०८१, सोमबार

युनिकोड

ई-पेपर

EN

आज हामी खेलौ राम्रोसङ्ग

रोशन भट्ट

९ भाद्र २०८१, सोमबार

काठमाडौं । वाणिज्य बैंकहरूले पूँजी वृद्धि गरेअनुसार लगानी विस्तार गर्न नसक्दा विगत ३ वर्षमा पूँजी लगानीमा प्रतिफल अर्थात् रिटर्न अन इक्विटी (आरओई) घट्दो देखिएको छ । यसले गर्दा बैंकहरूको शेयर खरीद गर्न लगानीकर्ता आकर्षित नभएको विश्लेषक बताउँछन् ।

 आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूको रिटर्न अन इक्विटी औसतमा ९.२१ प्रतिशत 

 गत आर्थिक वर्षको रिटर्न अन इक्विटी सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड र सबैभन्दा थोरै एन.आई.सी. एशिया बैंकको

testing

again

test

test

 

रिटर्न अन इक्विटी भन्नाले शेयरबाट लगानीकर्ताले लगानीको तुलनामा कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने बुझिन्छ । कुनै कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ कि छैन भन्ने थाहा पाउन रिटर्न अन इक्विटी हेर्ने गरिन्छ । कुल सम्पत्तिबाट बाह्य दायित्व (शेयरहोल्डरबाहेकको दाबी) घटाउँदा इक्विटी प्राप्त हुन्छ । र गणितीय हिसाबमा खुद नाफालाई कुल इक्विटीले भाग गर्दा रिटर्न अन  इक्विटी प्राप्त हुन्छ । 

२० वाणिज्य बैंकको रिटर्न अन इक्विटी औसतमा आर्थिक वर्ष (आव) २०७८/७९ मा ११ दशमलव शून्य ५ प्रतिशत रहेकोमा आव २०८० /८१ मा आउँदा ९ दशमलव २१ प्रतिशतमा झरेको छ । 

गत आवको चौथो त्रैमाससम्ममा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी रिटर्न अन इक्विटी स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६ दशमलव शून्य ९ प्रतिशत रहेको छ । त्यस्तै दोस्रोमा एभरेस्ट बैंकको १३ दशमलव ३२ प्रतिशत छ । रिटर्न अन इक्विटी सबैभन्दा कम हुनेमा नेपाल बैंक छ । नेपाल बैंकको ४ दशमलव ३८ प्रतिशत रहेको छ । 

त्यस्तै कम रिटर्न अन इक्विटी हुने दोस्रोमा एन.आई.सी. एशिया बैंक छ । गतवर्ष एन.आई.सी. एशियाको रिटर्न अन इक्विटी ४ दशमलव ५८ प्रतिशत छ । तीन आवको तथ्यांक हेर्दा यस बैंकको रिटर्न अन इक्विटी निरन्तर घट्दो देखिन्छ । यसको रिर्टन अन इक्विटी आव २०७८/७९ मा १६ दशमलव ९७ प्रतिशत रहेकोमा गतवर्ष हुँदा ४ दशमलव २८ प्रतिशतमा झरेको छ । सामान्यतया यो सूचक १५–२० प्रतिशत भएको कम्पनीलाई राम्रो मानिने विज्ञहरू बताउँछन् । 

‘पूँजी बढेको छ, नाफा घटेको छ,’ पूर्वबैंकर पर्शुराम कुवँर क्षेत्री भन्छन्, ‘जसका कारण रिटर्न अन इक्विटी घटेको हो । प्रोभिजनिङ पनि बढिरहेकाले नाफामा असर देखियो र इक्विटीमा प्रतिफल आउन सकेन ।’

विगत केही वर्षमा मर्जर तथा प्राप्ति र बोनस शेयर वितरणका कारण बैंकहरूको पूँजी धेरै पुगिसकेको छ । पूँजी बढिरहँदा त्यसअनुसार लगानी वृद्धि गरी नाफा बढाउन नसक्दा शेयर लगानीकर्ता आकर्षित हुन नसकेको सरोकारवाला तथा विश्लेषकहरूको भनाइ छ । बैंकको शेयरमा भन्दा अन्य कम्पनीको शेयरमा गरेको लगानीबाट बढी प्रतिफल देखिन थालेपछि बैंकको शेयरमा लगानीकर्ताको कम आकर्षण देखिएको हो । ‘पूँजी बढेअनुसार आम्दानी नभएपछि बैंकको रिटर्न अन इक्विटी घटेको हो,’ अधिवक्ता तथा धितोपत्र विज्ञ ज्योति दाहालले भने ।

*सच्याइएको

© 2024 All rights reserved.

Designed and Developed by:

Roshan