५ कार्तिक २०८१, सोमबार

युनिकोड

ई-पेपर

EN

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा टेलिकमको फोरजी

रोशन भट्ट

१६ असार २०८१, सोमबार

काठमाडौं। नेपाल टेलिकमले पर्यटकीय गन्तव्यको रूपमा रहेको माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ । कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट करीब ४ हजार मिटरको उचाइमा रहेका माछापुच्छ्रे तथा अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटक तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायी समेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको छ ।

© 2024 All rights reserved.

Designed and Developed by:

Roshan