नेपालले युएईलाई हरायो मज्जाले, कप्तान रोहित पौडेलले ९ रन जोडे

    article cover image

    र

    रोशन भट्ट

    १६ असार २०८१, सोमबार

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को ‘ए’ टोलीलाई ३ विकेटले पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले दिएको १६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान दिए । ४३ बल खेलेका उनले आफ्नो पारीमा ९ चौका र ४ छक्का प्रहार गरे ।  त्यसैगरी देव खनाल र सन्दीप जोराले समान २४ रनको योगदान दिए । गुल्सन झाले ११ रन जोडे । कप्तान रोहित पौडेलले ९ रन जोडे भने प्रतिश जिसिले अविजित ८ रन बनाए । कुशल मल्ल २ रनमा अविजित रहे । बलिङतर्फ युएईका मोहम्मद फाराजुदिन एक्लैले ५ विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनाएको थियो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाएका थिए । बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिए भने श्याम ढकालले २ विकेट झारे । कुशल मल्ल र पवन सर्राफको नाममा १/१ विकेट रह्यो । आजको खेल जिते पनि नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालसँगै युएईको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल प्रतियोगिताको आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो ।

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    This is a test title

    news thumbnail image

    this is an extension testing article with facebook link.

    news thumbnail image

    अपदस्थ प्रधानमन्त्री हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

    news thumbnail image

    दुई महीनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

    news thumbnail image

    आज हामी खेलौ राम्रोसङ्ग

    news thumbnail image

    नेपालले माजाले जित्यो टेलिकमले उक्त क्षेत्रमा विस्तार गरेको

    news thumbnail image

    टस हारेर पहिले बलिङ गर्दै नेपाल क्रिकेट मैदानमा हुने आजको खेल

    news thumbnail image

    पवन प्रकृति स्कुलले जित्यो महालक्ष्मी नगर