महाकाली पुल आयोजनाको काम अन्तिम चरणमा

    article cover image

    र

    रोशन भट्ट

    १६ असार २०८१, सोमबार

    महेन्द्रनगर । कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन पुल आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । ३ वर्षभित्र काम सक्नेगरी २०७४ भदौमा निर्माण शुरू भएको आयोजनाको काम अन्तिम चरणमा पुगेको महाकाली पुल आयोजना कार्यालयले बताएको छ । निर्माण सम्पन्न भएको चार लेनको पुलमा अहिले रङरोगन र पहुँचमार्गको कालोपत्र भइरहेको महाकाली पुल आयोजनाका इन्जिनियर कपिलप्रसाद पन्तले बताए । पन्तका अनुसार अहिले पुलको दुवैतर्फ निर्माणाधीन पोखरीको तटबन्ध निर्माण समेत भइरहेको छ । कोरोना संक्रमणदेखि बजेट अभावलगायत कारण निर्माणमा ढिलाइ हुँदै आएको आयोजनाको काम तीव्र गतिमा भइरहेको उनले बताए । ‘पछिल्लो पटक थप गरिएको म्याद चैत १५ मा सकिएपछि २०८१ कात्तिकसम्मका लागि थप गरिएको छ,’ उनले भने, ‘गतवर्षको भुक्तानी नहुँदा आयोजना करीब ६ महीना अवरुद्ध भयो, अहिले बक्यौता भुक्तानीपछि निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ ।’ पहिले ठूलो ढुंगाको प्रयोग गरेर पुलको दुवैतर्फ पोखरीको तटबन्ध निर्माण गर्ने डिजाइन बनाइएको थियो । तर ठूलो ढुंगा अभाव भएपछि ग्याबिन जालीमा ढुंगा भर्ने र कंक्रिट ब्लकको प्रयोग गर्नेगरी डिजाइन परिवर्तन गरिएको छ ।  ९५ प्रतिशत भौतिक प्रगति रहेको महाकाली आयोजनाको वित्तीय प्रगति भने ९० प्रतिशत रहेको छ । आयोजना निर्माणमा हालसम्म करीब ३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । परिवर्तित डिजाइन विभागमा स्वीकृत हुने प्रक्रियामा रहेको आयोजनाले बताएको छ । आयोजनाका इन्जिनियर पन्तका अनुसार ९५ प्रतिशत भौतिक प्रगति रहेको महाकाली आयोजनाको वित्तीय प्रगति भने ९० प्रतिशत रहेको छ । आयोजना निर्माणमा हालसम्म करीब ३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । चालू आवमा आयोजनाको बजेट १८ करोड रुपैयाँ रहेकोेमा पछिल्लोपटक थप १७ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्नेगरी महाकाली नदीमा निर्माणाधीन चार लेनको ८०० मिटर लामो पुल निर्माण सकिएको छ । हाल नदी नियन्त्रण, तटबन्ध र ताल निर्माणको काम अघि बढेको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले समयमै निर्माण सक्ने लक्ष्यसहित आयोजनाको काम भइरहेको बताए । ३ अर्ब ६६ करोड रुपैयाँमा आयोजनाको ठेक्का सम्झौता भएको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको भन्दै पाण्डेयले डिजाइन परिवर्तन अनुसारका काम बाँकी रहेको जानकारी दिए । साथै वर्षात्को समयमा क्षति न्यूनीकरणका लागि नदी नियन्त्रणका लागि ‘गाइडबन्ड’ तथा तटबन्ध निर्माण भइरहेको उनले बताए । सुक्खा बन्दरगाह, महाकाली कोरिडोर र महाकाली पुल आयोजनालाई सुदूरपश्चिम प्रदेशको विकासको महत्त्वपूर्ण आयामको रूपमा हेरिएको छ ।

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    अपदस्थ प्रधानमन्त्री हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

    news thumbnail image

    नेपालले माजाले जित्यो टेलिकमले उक्त क्षेत्रमा विस्तार गरेको

    news thumbnail image

    नेपालले युएईलाई हरायो मज्जाले, कप्तान रोहित पौडेलले ९ रन जोडे

    news thumbnail image

    टस हारेर पहिले बलिङ गर्दै नेपाल क्रिकेट मैदानमा हुने आजको खेल

    news thumbnail image

    मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

    news thumbnail image

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

    news thumbnail image

    मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर संस्थापकले किनेनन्

    news thumbnail image

    पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु