खेलकुद

    मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

    १६ असार २०८१, सोमबार

    article cover image

    र

    रोशन भट्ट

    काठमाडौ । नेपालले मलेसिया विरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पार्‍यो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ बलमा ६ चौकाको मद्दतमा ३४ रनको योगदान दिइन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डेले ११ रन जोडिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् भने विनिफ्रेड दुराईसिघंमले २५ बलमा २४ रन जोडिन् । त्यस्तै महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् ।            बलिङतर्फ नेपालकी कविता जोशीले दुई विकेट लिइन भने ईश्वरी विष्टले एक विकेट झारिन् । यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपालले २७ रनले विजयी हुँदा चौथो खेलमा मलेसियाले नेपाललाई ६ विकेटले हराएको थियो ।

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    This is a test title

    news thumbnail image

    अपदस्थ प्रधानमन्त्री हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

    news thumbnail image

    दुई महीनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

    news thumbnail image

    आज हामी खेलौ राम्रोसङ्ग

    news thumbnail image

    नेपालले माजाले जित्यो टेलिकमले उक्त क्षेत्रमा विस्तार गरेको

    news thumbnail image

    नेपालले युएईलाई हरायो मज्जाले, कप्तान रोहित पौडेलले ९ रन जोडे

    news thumbnail image

    टस हारेर पहिले बलिङ गर्दै नेपाल क्रिकेट मैदानमा हुने आजको खेल

    news thumbnail image

    पवन प्रकृति स्कुलले जित्यो महालक्ष्मी नगर