खेलकुद

    राष्ट्रियसभाका सदस्यहरूको अर्थमन्त्रीसंग गुनासो, ‘बजेटमा राखिएका सुझाव सम्बोधन भएनन’

    १६ असार २०८१, सोमबार

    article cover image

    र

    रोशन भट्ट

    काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले बजेटपछिको विनियोजन विधेयकमाथि भएको छलफलमा दुबै सदनका सांसदले दिएको सुझावलाई सामावेश नगरिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्तावको छलफलको क्रममा उनीहरूले गुनासो गरेका हुन् ।  राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको र प्रतिनिधिसभाबाट सन्देशसहित आएको विनियोजन विधेयकमा अर्थ मन्त्रालयले सिधैँ रकम रकामन्तरण गर्ने प्रावधान रहेकाले यसलाई मन्त्रिपरिषद्ले रकमान्तरण गनुपर्ने सुझाव दिए । सांसद उर्मिला अर्यालले विनियोजन विधेयकमा बजेट कार्यन्वयनका लागि सहजीकरण गर्न वियेध आएको उल्लेख गर्दै खर्च व्यवस्थित गर्न आएको विधेयक आवश्यक र सान्दर्भिक रहेको बताइन् ।  राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले बजेटको विषयमा दुबै सदनमा छलफल गर्ने र पास हुने भएकाले सांसदले जनताको भावना बुझेर विचार राखे पनि त्यो छलफलमा नसमेटिएको बताए । 'संसद्प्रति जनताको विश्वास बढेको छैन, यो प्रक्रिया बदल्नुपर्छ, सांसदको सुझाव समेट्नु पर्छ,” उनले भनिन्, 'कति सांसदले बजेट अघि प्रस्ताव गर्नुभएको योजना पर्छ उनिहरू खुसी छन् तर कतिपय सांसदले प्रस्ताव गरेको योजना पास हुँदै निराश छन्, प्रथामिकताको आधारमा बजेट विनियोजन हुनुपर्छ ।”  राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले आयोजना कार्यान्वयनका लागि स्रोत परिचालनको आधार रहेको भन्दै कार्यान्वयन गर्ने पक्षमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले अर्थतन्त्रका सम्भावना र चुनौतीकाबीच आएको विनियोजन विधेयकको समर्थन गरेका थिए । राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले छलफलमा उठेका विषयमा संशोधन गर्नुहुन्न भन्ने चलन अन्त्य हुनुपर्ने बताए ।  राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले पनि विनियोजन विधेयकमा सांसदले दिएको सुझाव समावेश नहुने गरेको भन्दै आपत्ति जनाए। राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले सेवा प्रदायकलाई सहज बनाउन आएको विधेयकमा टिप्पणी गर्दै बजेट विनियोजन गर्ने क्रममा सन्तुलित रुपमा बजेट विनियोजन हुन नसकेको बताए । राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले सन्तुलित रुपमा बजेट विनियोजन भएको भन्दै विधेयकको स्वागत गरे ।

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    This is a test title

    news thumbnail image

    अपदस्थ प्रधानमन्त्री हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

    news thumbnail image

    दुई महीनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

    news thumbnail image

    नेपालले माजाले जित्यो टेलिकमले उक्त क्षेत्रमा विस्तार गरेको

    news thumbnail image

    नेपालले युएईलाई हरायो मज्जाले, कप्तान रोहित पौडेलले ९ रन जोडे

    news thumbnail image

    टस हारेर पहिले बलिङ गर्दै नेपाल क्रिकेट मैदानमा हुने आजको खेल

    news thumbnail image

    पवन प्रकृति स्कुलले जित्यो महालक्ष्मी नगर

    news thumbnail image

    गल्फर टाइगर वुड्सले २७ वर्षपछि तोडे नाइकसँगको साझेदारी