इच्छाकामनामा दुई कृषि एम्बुलेन्स थपिए

    article cover image

    र

    रोशन भट्ट

    १६ असार २०८१, सोमबार

    चितवन । कृषि उत्पादनलाई सहज रूपमा बजार पुर्‍याउने उद्देश्यले इच्छाकामना गाउँपालिकाले थप दुईओटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पालिकाका दुईओटा कृषक समूहलाई मंगलवार कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सिराइचुली कृषि सहकारी संस्था र चण्डीभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाका लागि कृषि एम्बुलेन्स खरीद गरिएको बताए । वडा नं १ लाई लक्षित गरी सिराइचुली कृषि सहकारीलाई र वडा नं ७ लाई लक्षित गरी चण्डीभञ्ज्याङ सामाजिक उद्यमीलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको उनले बताए । वडा नं २ को हपनी कृषक समूहले यसअघि नै कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । ‘वडा नं २ मा दिएको कृषि एम्बुलेन्सले गाउँको उत्पादनलाई बजार लैजान र बजारबाट गाउँमा सामान ढुवानी गर्न धेरै सहज भएको छ,’ अध्यक्ष गुरुङले भने, ‘पहिलो प्रयास सफल भएपछि हामीले किसानलक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेका हौं ।’  आर्थिक हिसाबले विपन्न वर्गको बसोवास रहेका गाउँमा उत्पादन भएका कृषि उपजलाई सहज तरिकाले बजार पुर्‍याउन कृषि एम्बुलेन्स आवश्यक देखिएकाले गत आर्थिक वर्षबाट प्रयास थालिएको उनको भनाइ छ । ‘निजी सवारीमा भाडा महँगो हुने र मान्छेले बोकेर बजारसम्म लैजान सम्भव नहुने हुँदा कृषि उपज ढुवानीकै लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौं,’ उनले भने । गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै गाउँको उत्पादनले सहजै बजार पाउने गरेको छ । कृषि एम्बुलेन्स चालकले नै विक्री गरेर साँझ पैसा पुर्‍याइदिने व्यवस्थासमेत मिलाइएको छ । गाउँमै बसेर पनि कृषिमार्फत परिवार धान्न सकिन्छ भन्ने वातावरण बनाउन पनि गाउँपालिकाले किसानलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उपाध्यक्ष माया सिलवालले बताइन् । युवाको वैदेशिक मोह बढ्दै जाँदा गाउँमा कृषि गरेर आयआर्जन गराउन सकिने वातावरण सृजना गर्ने प्रयास गरिएको उनले बताइन् । इच्छाकामना गाउँपालिकाका अधिकांश वडामा तरकारी तथा फलफूलखेती हुने गर्दछ । लौका, स्कुस, रायो, धनियाँ, सिमी, करेला, घिरौँला, बोडी, काँक्रो, गोलभेडा, अदुवा, तरुल, सखरखण्ड, केराउलगायतका तरकारीजन्य वस्तु उत्पादन हुँदै आएको छ ।

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    अपदस्थ प्रधानमन्त्री हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

    news thumbnail image

    नेपालले युएईलाई हरायो मज्जाले, कप्तान रोहित पौडेलले ९ रन जोडे

    news thumbnail image

    खेलाडीलाई युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा

    news thumbnail image

    मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

    news thumbnail image

    अमेरिकाले दिएको २०८ रन रनको लक्ष्य पछ्याइरहेको नेपालको शुरूआती उत्कृष्ट प्रदर्शन

    news thumbnail image

    त्रिकोणात्मक टी ट्वाटी क्रिकेट सिरिजमा युएईसँग नेपाल पराजित

    news thumbnail image

    माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा टेलिकमको फोरजी

    news thumbnail image

    ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ग्लोबल आइएमई बैंक