प्युठान–१ प्रतिस्पर्धी उम्मेदवारको अलोकप्रियता नै मेरो जित्ने आधार

    article cover image

    र

    रोशन भट्ट

    १६ असार २०८१, सोमबार

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनीहरू आफ्ना विभिन्न एजेन्डा लिएर मतदाताकहाँ पुगिरहेका छन् । तीमध्ये कसैले सामाजिक एजेन्डा उठाएका छन् त कसैले आर्थिक ।  प्युठान–१ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सूर्य थापाका पनि विभिन्न एजेन्डा छन् । चुनावी सेरोफेरोमा रही उनीसँग आर्थिक अभियानका गणेश सुवेदीले गरेको ४ प्रश्न । कस्तो छ चुनावी माहोल ? जितिन्छ त ?  प्युठानको स्थानीय निर्वाचनको परिणामअनुसार हामी पहिलो पार्टी हौं । स्थानीय चुनावमा हामीले करीब ४० हजार मत प्राप्त गरेको हो । दोस्रो कांग्रेसले २१ हजार र माओवादी केन्द्रले साढे १५ हजार पाएको छ । हामी एक्लै प्रतिस्पर्धामा छौं ।

    तर, हामीलाई नेपाली कांग्रेस (बीपी) र राप्रपाले पनि नैतिक सहयोग गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले उम्मेदवारी दिएको भए हाम्रो राम्रै प्रतिस्पर्धा हुन्थ्यो । तर, उसले उम्मेदवार नपाएपछि जिल्लामै खुम्चिएको/सकिँदो शक्ति राष्ट्रिय जनमोर्चाको उम्मेदवार दुर्गा पौडेल दोस्रोपटक प्रतिस्पर्धी भएर आउनुभएको छ ।  चुनावी अभियानका क्रममा आजसम्म ३२ वडामा पुगें र सबै वडामा प्रश्न गरें– चुनाव जितेपछि उहाँ फर्केर आउनुभयो ? तर, कसैले पनि उहाँ आउनुभयो भनेनन् । कसैले पनि देखेनौं, भेटेनौं, हाम्रो समस्याबारे चासो राख्नुभएन भनेको मात्रै सुनें । उहाँमा जवाफदेहिता देखिएन । त्यसैले उहाँलाई मत दिनु भनेको खेर फाल्नु मात्रै हो भन्ने किसिमको जनप्रतिक्रिया छ । यो नै मेरो जितको बलियो आधार हो । अर्कोतर्फ दुई क्षेत्रबाट मात्रै उम्मेदवारी दिएको पार्टीबाट उहाँ उम्मेदवार हुनुहुन्छ । दुवै ठाउँमा उहाँको पार्टीका उम्मेदवारले हार्ने निश्चित छ ।

    Also read imageAlso read imageAlso read imageAlso read image

    यस्तो स्थितिमा हामीले स्वत: चुनाव जित्छौं । राष्ट्रिय जनमोर्चाको सकिँदो स्थिति र दुर्गा पौडेलको घोर अलोकप्रियताको जगमा उभिएर हामीले व्यापक प्युठानी जनताको आशिर्वादसहित चुनाव जित्छौं ।  काठमाडौंको बसाइ, पत्रकारिता गरेर राजनीतिमा आएको तपाईंलाई प्युठानी जनताले भोट किन दिने ?  त्यसो भन्नु गलत हो । म पहिले पढाइसँगै राजनीतिमा सक्रिय, त्यसपछि काठमाडौंमा गएर उच्च शिक्षा अध्ययन गर्ने क्रममा पत्रकारिता र फेरि राजनीतिमा सक्रिय व्यक्ति हुँ । मैले पार्टीको प्यूठान इन्चार्जका हिसाबले गत वर्ष मङ्सिरदेखि अहिलेसम्म ११ पटक जिल्लाको फन्को लगाएको छु । म प्युठानका जनताबीच परिचित मान्छे हुँ । म यहीं जन्मेको, हुर्केको र यहींका जनताको आशीर्वाद लिएर अगाडि बढेको हुँ । उच्च शिक्षा अध्ययन, व्यक्तित्व विकास र पेशाको निम्ति र राजनीतिक जिम्मेवारीका हिसाबले म काठमाडौंमा क्रियाशील भए पनि प्युठानको धर्तीपुत्र हुँ । म प्युठानका हरेक विकास निर्माण र जनताका सुख, दु:खमा सधैं साथमै छु । यसकारण मलाई भोट दिनुहुन्छ । अर्को कुरा– प्यूठानको विकासको खाका, योजना र परिकल्पना कसैसँग छ भने नेकपा एमालेसँग मात्रै छ । राष्ट्रिय जनमोर्चासँग परिकल्पना छ भनेर कसले पत्याउनु । ३० वर्षसम्म प्युठानमा रजगज गर्नुभयो, रजाइँ गर्नुभयो, दाइँ लगाउनुभयो । तर, काम केही गर्नुभएन । पञ्चायतले ३० वर्ष देशमा र राष्ट्रिय जनमोर्चाले ३० वर्ष प्युठानमा उस्तै गरे । त्यो भएकाले राष्ट्रिय जनमोर्चाले चुनाव जितेर केही गर्छ भन्ने केही आधार म देख्दिनँ । तपाईंसँग प्युठान विकासका योजना के छन् ?  पाँच वर्षपहिले राष्ट्रिय जनमोर्चाको मानोमा एमालेको मुरी हैसियत मिसाएर निर्वाचित गरेको हो । उहाँले ढलेको सिन्को उठाउनुभएन । सर्वत्र असफल हुनुभयो । जनताको आलोचना र आक्रोश छ । तर, हामीले प्युठानलाई राष्ट्रिय राजमार्गसँग जोडेका छौं । मदन भण्डारी राष्ट्रिय राजमार्ग एनएस नाइन र एनएस नाइन्टिन दुई विन्दुबाट प्युठान छिचोलेर बाहिर निस्कने, सुर्खेत पुग्ने र दार्चुला पुग्ने खण्ड बन्नेछ । जीवराज आश्रित, कृष्णसेन इच्छुक प्रादेशिक राजमार्ग प्युठानबाट प्रवेश गरेर सल्यानतर्फ ६७ किलोमीटर यही जिल्लामा पर्छ । स्वर्गद्वारी विमानस्थल निर्माणको कुरा गरेका छौं । हामीले कोइलाबास–बागदुल्ला–ठूलाबेंशी–भिमगिठे र मुस्ताङको लोमाङथाङ जोड्ने त्रिदेशीय राजमार्गको परिकल्पना गरेका छौं । पर्यटन विकासमा केन्द्रित छौं । प्युठान विकासको प्राथमिकता निर्धारण गरेका छौं । मल्लरानी–लिस्ने भञ्ज्याङ–झुलेनी–हंसपुर हिलस्टेशनको पूर्वाधार योजना अगाडि बढाएका छौं । अलपत्र परेका आयोजना अघि बढाएका छौं । हामीले ४ पृष्ठको प्रतिबद्धतापत्र तयार गरेर जनतामाझ प्रस्तुत गरेका छौं । यसमा ६४ ओटै वडामा पुगेर सल्लाह सुझाव लिएर प्युठानलाई कसरी समृद्ध बनाउने र हाम्रो काम गर्ने आधारपत्रमा रूपान्तरण गर्ने भन्ने घोषणा गरेका छौं ।  यस हिसाबले योजना, परिकल्पना, सपना भएको पार्टी एमाले हो । राष्ट्रिय हैसियत भएको पार्टी हाम्रो हो । एकल बहुमतको सरकारको दावेदारीका साथ निर्वाचनमा जुटेको पार्टी हामी हो । प्युठानका जनताका लोकप्रिय मत प्राप्त गरेर अगाडि बढेको सबैभन्दा लोकप्रिय पार्टीको उम्मेदवार हामी हौं । यसैले प्युठानका जनताको आशीर्वादमा चुनाव जित्न हामी अग्रसर छौं । स्थानीयको आर्थिक र शैक्षिक विकासका लागि तपाईंले नीतिगत र स्थानीय स्तरबाट कस्ता पहल गर्नुहुन्छ ?  पूर्व–पश्चिम, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गसँग प्युठानलाई जोड्ने र कोरिडोरहरू जोड्ने कुरालाई बढी महत्त्व दिएका छौं । प्युठानका स्याउलीबाङ, खवाङ, रजगणा र अर्खा जस्ता चारओटा वडामा अहिले पनि विद्युतीकरण भएको छैन । त्यहाँ विद्युतीकरण गर्ने र शतप्रतिशत प्युठानीलाई उज्यालोमा लैजाने संकल्प गरेका छौं । विद्यालय शिक्षामा हामीले कम्प्युटर प्रविधि र अंग्रेजी माध्यमलाई जोड दिने र विद्यालयको गुणस्तर खास गरी सार्वजनिक विद्यालयको गुणस्तर सुधारमा जोड गरेका छौं ।  परनिर्भरता हटाउने, आयात प्रतिस्थापन गर्ने, उत्पादन वृद्धि गर्ने, व्यावसायिक कृषिमा जोड दिने र जनताको जीवन बदल्ने समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा कार्यान्वयन गर्ने कुरामा हामीले जोड दिएका छौं । यिनै अवधारणा, परिकल्पना, सपना र कार्यक्रमका आधारमा हामीले भनेका छौं– हामीसँग प्रतिस्पर्धा गर्न वा टक्कर लिन सक्ने क्षमता अरूमा छैन ।

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    राजावादीसँग भीम रावल- दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन

    news thumbnail image

    दुई महीनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

    news thumbnail image

    आज हामी खेलौ राम्रोसङ्ग

    news thumbnail image

    नेपालले माजाले जित्यो टेलिकमले उक्त क्षेत्रमा विस्तार गरेको

    news thumbnail image

    नेपालले युएईलाई हरायो मज्जाले, कप्तान रोहित पौडेलले ९ रन जोडे

    news thumbnail image

    टस हारेर पहिले बलिङ गर्दै नेपाल क्रिकेट मैदानमा हुने आजको खेल

    news thumbnail image

    पवन प्रकृति स्कुलले जित्यो महालक्ष्मी नगर

    news thumbnail image

    संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका